काठमाडौं/नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औं केन्द्रीय अधिवेशनमा पर्यटन क्षेत्रलाई पूर्णरुपमा उद्योगको मान्यता दिनुपर्ने विषय प्रमुख साझा एजेण्डा बन्ने भएको छ । मुलुकको अर्थतन्त्रको प्रमुख आधार मानिएको पर्यटन क्षेत्रले लामो समयदेखि उठाउ“दै आएको मागलाई नाट्टाले अधिवेशनमार्फत् थप सशक्तरुपमा अघि बढाउने तयारी गरेको हो ।
नाट्टाकी महासचिव युबिका भण्डारीले साउन २९ गते हुने केन्द्रीय अधिवेशनबाट पर्यटनलाई मुलुकको पहिलो राष्ट्रिय उद्योगका रुपमा स्थापित गर्ने अभियानलाई राष्ट्रिय मुद्धा बनाइने बताइन् । उनले भनिन्–यो कुनै एक व्यक्ति वा संस्थाको अभियान होइन । पर्यटनमार्फत् समृद्ध नेपाल निर्माण गर्न चाहने सम्पूर्ण नेपालीको साझा अभियान हो । पर्यटन उठ्दा होटलमात्र चल्दैन, किसानको उत्पादन बिक्छ, स्थानीय युवाले रोजगारी पाउ“छन्, संस्कृति जोगिन्छ, उद्यमशीलता बढ्छ र देशभर आर्थिक गतिविधि विस्तार हुन्छ ।
उनका अनुसार अब पर्यटनलाई सम्भावनाको विषयका रुपमा मात्र चर्चा गरेर पुग्ने अवस्था छैन । नीति, योजना र कार्यान्वयनलाई परिणाममुखी बनाउ“दै पर्यटनलाई अर्थतन्त्रको प्रमुख इञ्जिनका रुपमा स्थापित गर्नुपर्ने समय आएको छ । भण्डारीले पर्यटन ऐन र औद्योगिक व्यवसाय ऐनमा पर्यटनलाई स्पष्टरुपमा उद्योगको परिभाषाभित्र समेटी सोहीअनुसार सुबिधा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्–पर्यटन व्यवसायले देशको अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको छ । तर, सरकारले अझै पनि यसलाई केवल सेवामूलक व्यवसायका रुपमा हेरिरहेको छ । जबसम्म पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह सुबिधा र संरक्षण दिइ“दैन, तबसम्म यस क्षेत्रको दीगो विकास सम्भव हु“दैन । पर्यटन व्यवसायीहरुले अधिवेशनबाट सक्षम व्यवस्थापन, संस्थागत् अनुभव, नीतिगत् स्पष्टता र पर्यटनलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने नेतृत्व प्रदान गर्ने अपेक्षा गरेका छन् । सरकारले नीतिगत्रुपमा पर्यटनलाई प्राथमिकतामा राखे पनि व्यवहारमा उत्पादनमूलक उद्योगसरह सुबिधा र सहुलियत नदिएको उनीहरुको गुनासो छ ।
नाट्टा पूर्वअध्यक्ष अच्युत शर्मागुरागाईंले यस पटकको अधिवेशनले पर्यटन क्षेत्रलाई उद्योगको वैधानिक मान्यता दिलाउन सरकारमाथि थप दबाब सिर्जना गर्ने रणनीति तय गर्ने बताए । उनले भने–अधिवेशन पर्यटन व्यवसायीका समस्या समाधान गर्न र सरकारलाई पर्यटनमैत्री नीति निर्माणतर्फ अग्रसर गराउन महत्त्वपूर्ण माइलस्टोन बन्ने विश्वास गरेका छौं । उनका अनुसार समयानुकूल पर्यटन ऐन संशोधन र परिमार्जन नहु“दा रोजगारीका अवसर विस्तार हुन सकेका छैनन् । वैदेशिक तथा आन्तरिक लगानी पर्याप्तरुपमा आकर्षित हुन नसक्दा मुलुकले पर्यटनबाट अपेक्षित आर्थिक लाभ लिन नसकेको उनको भनाइ छ ।
गुरागाईंले पर्यटनलाई स्पष्टरुपमा उद्योगको परिभाषाभित्र समेटेर उद्योगसरहका सुबिधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए । पर्यटन क्षेत्रले मुलुकमा वैदेशिक मुद्राआर्जन गर्नुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आए पनि कानुनी र नीतिगत्रुपमा उत्पादनमूलक उद्योगसरह सुबिधा पाउन नसकेको व्यवसायीहरुको गुनासो छ । अप्सरा ट्राभल एण्ड टुरका सञ्चालक तथा नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मालामिछानेले अधिवेशनबाट सरकारस“ग पर्यटन व्यवसायलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रुपमा सूचीकृत गर्न, कर, विद्युत् महसुल र बैंक ब्याजदरमा विशेष सहुलियत उपलब्ध गराउन माग गरिने बताए ।
उनले वैदेशिक मुद्रा भिœयाउने ट्राभल तथा टुर एजेञ्सीहरुले उद्योगसरह लगानी गर्दै आएकाले नीतिगत् र कानुनी सुधार आवश्यक रहेको उल्लेख गरे । नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने माग व्यवसायीले लामो समयदेखि उठाउ“दै आएको उनले बताए ।










