काठमाडौं/अविरल वर्षास“गै गएको विनाशकारी पहिरोले रोल्पाको थवाङ गाउ“पालिका–५ स्थित कोटलबारामा भीषण क्षति पु¥याएको छ । साउन २७ गते बेलुका खसेको पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भइसकेको छ भने एकै गाउ“का ५ जना बेपत्ता छन् । पहिरोमा पुरिएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण माथिबाट निरन्तर लेदोसहित पहिरो खसिरहेकाले घटनास्थलमा उद्धार प्रयास प्रभावित बनेको छ । प्रतिकूल मौसम र जटिल भुगोलका बाबजुद् नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली बेपत्ताको खोजीमा निरन्तर खटिएको छ । पहिरोको धक्का थवाङमा मात्र सीमित नरही छिमेकी जिल्ला प्युठानसम्म पुगेको छ । बाढी र पहिरोले बगाएकामध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउ“पालिकास्थित माडी खोलाकिनारामा फेला परेको हो ।

माडीखोलामा शवहरु भेटिएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपद् व्यवस्थापन टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइएको छ । उक्त प्राकृतिक विपत्तिमा परेर १८ वर्षीया शान्ति पुनमगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरले ज्यान गुमाएका छन् ।

८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लीलबहादुर पुनमगर, ७१ वर्षीय मणि पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर बेपत्ता रहेको प्रहरीले जनाएको छ । घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको थवाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोले मृतक कमलबहादुर पुनमगरको घरसहित स्थानीयका अन्य घर तथा गोठहरु पूर्णरुपमा पुरिएका छन् । घरपालुवा पशुचौपायासमेत पहिरोमा परेकाले क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।