काठमाडौं/नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका राजनीतिक तथा कानुनी गतिविधिबाट आफू कुनै पनि हालतमा विचलित नहुने बताएका छन् ।

पा“च महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले काठमाडौंस्थित आफ्नो निवास चुनदेवीमा पुगेपछि कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पा“च दशक लामो राजनीतिक यात्रामा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे । आफूविरुद्ध परेका विभिन्न उजुरी तथा कानुनी विषयमा अदालत जान आफू नडराउने उल्लेख गर्दै देउवाले कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए ।

सम्बोधनका क्रममा देउवाले नेपालको गणतन्त्र आफू वा कुनै एक राजनीतिक दलको चाहनाबाट स्थापित नभएको स्पष्ट पारे । जनताले निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र संस्थागत् भएको उनको भनाइ थियो । गणतन्त्र र लोकतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गर्दै देउवाले भने–राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् र ? गणतन्त्रको संरक्षणका लागि नेपाली जनता नै सचेत र निर्णायक शक्ति रहेको देउवाले बताए । देशको शासन व्यवस्था कुनै व्यक्तिको इच्छाअनुसार आउने वा जाने विषय नभएको उनको भनाइ थियो ।

‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन । यो देशको सबभन्दा ठूलो कुरा हो । यो देशको जनता नेपालको मालिक हो । यो मालिकले जे भन्छ त्यही हुन्छ,’ देउवाले भने । देउवाको उक्त अभिव्यक्तिलाई पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) लगायतबाट व्यक्त हु“दै आएका राजनीतिक धारप्रति लक्षित टिप्पणीका रुपमा हेरिएको छ ।

देउवाले लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएस“गै अपिल जारी गरेका छन् । अपिलमार्फत् देउवाले आफू कुनै पद वा शक्तिप्राप्तिका लागि नभइ राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवापुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म शक्तिप्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हु“,’ देउवाले अपिलमा लेखेका छन् ।

देउवाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाए । सरकारले जनताको मतलाई कदर गर्न नसकेको र राजनीतिक आग्रह एवम् पूर्वाग्रहमा मात्र केन्द्रित भएको उनको तर्क छ । ‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले अपिलमा लेखेका छन् । देउवाले युवापुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरुको मौन पीडालाई कांग्रेसले नजिकबाट बुझेको उल्लेख गरेका छन् । बदलि“दो समयस“गै पार्टीलाई पनि रुपान्तरण गर्दै लैजाने र नया“पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्ने उनले बताए । उनले विगतका त्याग र बलिदानलाई नजरअन्दाज नगर्न आग्रह गर्दै नया“ र पुराना पुस्ताबीच सहकार्यमा जोड दिएका छन् ।

२०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै देउवाले हाल पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । पार्टीका कार्यकर्ताहरुमा केही निराशा देखिएको स्वीकार गर्दै देउवाले उनीहरुको मनोबल बढाउन आफू लागिपर्ने उल्लेख गरेका छन् । कांग्रेसको ऐतिहासिक दायित्व अझै नसकिएको र पार्टीलाई थप सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने उनको अडान छ । लोकतन्त्र, संविधान र नागरिक अधिकारका पक्षमा कांग्रेसले कहिल्यै सम्झौता नगर्ने उनले दोहो¥याएका छन् । आफूलाई कुनै व्यक्तिगत् लाभको पद नचाहिएको स्पष्ट पार्दै देउवाले जीवनको बा“की समय राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने बताए । ‘नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको’ भन्दै विनम्रता र प्रेमसाथ सेवामा तत्पर रहने प्रतिबद्धता अपिलमा उल्लेख गरेका छन् ।