
काठमाडौँ। इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएप नयाँ सुविधा ल्याउने तयारीमा छ। एन्ड्रोइड प्रयोगकर्ताले चाँडै नै मोशन फोटो सेयर गर्न सक्नेछन्।
यस सुविधाले व्यक्तिगत च्याट, समूह र च्यानलमा मोशन फोटो पठाउन मिल्नेछ। मोशन फोटो भनेको स्थिर तस्बिर खिच्नु अघिर पछि कैद गरिएको छोटो भिडियो हो। यसमा केही सेकेन्डको भिडियो र अडियो पनि समावेश हुन्छ।
यो परम्परागत तस्बिरभन्दा फरक हुन्छ। यसले फोटो र भिडियोको बीचको अनुभव दिने काम गर्छ।
‘वाबबीटाइन्फो’का अनुसार, व्हाट्सएपले मिडिया सेयरिङको विकल्प विस्तार गर्दैछ। ग्यालरी खोल्दा अब मोशन फोटोका लागि छुट्टै बटन देखिनेछ। प्रयोगकर्ताले चाहेको खण्डमा स्थिर या गतिशील संस्करण पठाउन सक्नेछन्।
सुविधा हाल आईफोन प्रयोगकर्ताका लागि उपलब्ध छ। एन्ड्रोइडमा भने विकासको चरणमा रहेको छ।
केही स्मार्टफोनजस्तै सामसुङ ग्यालेक्सीमा यो सुविधा पहिले नै छ। अब भने यसले एन्ड्रोइडका सबै प्रयोगकर्तालाई नयाँ अनुभव दिने तयारी गर्दैछ।