तस्बिरः गुगलबाट

काठमाडौँ । नेपालमा गणतन्त्र अभ्यास सुरु भएको आज १८ वर्ष पुगेको छ। १५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले निरंकुश राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। २४० वर्ष पुरानो राजतन्त्र समाप्त भई जनताको सर्वोच्चता स्थापित भयो।
यस ऐतिहासिक दिनले नेपाली जनतालाई स्वतन्त्र शासनको अधिकार दिलाएको सम्झना दिलाउँछ। सामाजिक न्याय र समावेशीताको मार्ग गणतन्त्रले खोलेको हो। अब सत्ताको स्रोत जनता हुन् भन्ने अवधारणा स्थापित भएको छ।

शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा र रोजगारीमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य गणतन्त्रको मुख्य उद्देश्य हो। गरिबी निवारणदेखि समृद्ध राष्ट्र निर्माणसम्म यसको यात्रा जारी छ।

गणतन्त्रले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान दिलाएको छ। नागरिकको अधिकार सुरक्षित राख्दै जनभावनाअनुसार शासन सञ्चालन गर्ने व्यवस्था निर्माण गरिएको छ।

यो केवल सत्ता परिवर्तन मात्र होइन, जीवनशैली परिवर्तनको सुरुआत हो। विश्वकै उत्कृष्ट शासन प्रणाली मानिने लोकतान्त्रिक गणतन्त्रले जनजीवनमा गहिरो असर पुर्‍याएको छ।

आज १८ औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। उत्साह र उल्लासले दिन विशेष बनेको छ। जनताले आफ्नै शासनमा विश्वास गर्दै नयाँ युगको स्वागत गरिरहेका छन्।