काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने कुलेखानी-कलंकी-हुमाने सडक खण्ड स्तरोन्नतीका लागि १९ दिन बन्द हुने भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । हाल पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरले यो सडक ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रबमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी-कलंकी-हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो । यो अवधिमा सडक खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा-काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
यो अवधिमा कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न प्रशासनको आग्रह छ ।