
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ मै गर्ने भनेको कक्षा १२ को परीक्षा सार्ने निर्णय लिएको छ ।
बोर्डको मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।
प्रधानमन्त्रीसँग सल्लाह गरेर परीक्षा सार्न निर्णयमा बोर्ड पुगेको बताइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।
बुधबार परीक्षाको तालिका सार्वजनिक हुने शर्माको भनाई छ ।