
काठमाडौँ । शिक्षा ऐन माग गर्दै शिक्षकहरु आन्दोलित बनेपछि कक्षा १२ को परीक्षा के हुने भन्ने विषयको अन्यौयता चिर्दै परीक्षा नराक्ने निर्णय भएको छ ।
मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्धारित मिति वैशाख ११ गतेदेखि नै परीक्षा गर्ने बोर्डले निर्णय गरेको हो । शिक्षक महासंघको अगुवाईमा गत २० चैतबाट शिक्षकहरु आमहड्तालमा उत्रिएका छन् ।
उनीहरुले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत माग अघि सारेका छन् । आफूहरुको माग पूरा नभए कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री र महासंघका पदाधिकारी-प्रतिनिधीबीच संवाद भएपनि आफ्ना माग पूरा गर्ने दिशातर्फ सरकार अघि नबढेको भन्दै शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।
शिक्षकहरुको मागबारे सकारात्मक हुँदै समाधानका लागि प्रयत्न गरिरहेकी शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजिनामा दिएपछि शिक्षकहरुको आन्दोलनबारे थप अन्यौलता सिर्जना भएको छ ।
शिक्षकहरु गत वर्ष पनि शिक्षा ऐन लगायत माग राख्दै आन्दोलित बनेका थिए । आफूहरुको मागलाई सरकार वेमतलब गरेको भन्दै यो पटक निर्णायक आन्दोलनमा रहेको शिक्षकहरुको भनाई छ ।