
काठमाडौं । शनिबार चैते दशैँ पर्व मनाइँदैछ । शक्तिस्वरूपा भगवतीको आराधना गरी यो पर्व मनाउने गरिन्छ ।
यो पर्वमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने प्रचलन छ ।
चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा मात्र देवीको आराधना गर्छन् ।