हेटौंडा÷हहेटौंडा जेसिजले जेसिज सप्ताह–२०२६ अन्तर्गत् विभिन्न सात कार्यक्रम आयोजना गर्ने भएको छ । जेसिजले बुधबारदेखि मंसिर ५ गतेसम्म सामाजिक, शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
हेटौंडा जेसिजले पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सन्तोष पराजुली र कार्यक्रम संयोजक सञ्जय न्यौपानेले जेसिज सप्ताहअन्तर्गत् सञ्चालन हुने कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका हुन् । कार्यक्रमअनुसार मंसिर २ गते विहान ८ बजे बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । सोही दिन दिउ“सो ४ः३० बजे हेटौंडा जेसिज सचिवालयमा अन्तर हेटौंडा जेसिज वक्तृत्वकला प्रतियोगिता हुनेछ ।
मंसिर ३ गते दिउँसो २ बजे नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । सोही दिन दिउ“सो ४ः३० बजे मामाघर नेपाललाई सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । मंसिर ४ गते विहान १० बजे हेटौंडा जेसिज सचिवालयमा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुनेछ । मंसिर ५ गते विहान ७ः३० बजे हेटौंडास्थित माया स्पोट्र्स सेन्टरमा मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरिनेछ । सोही दिन दिउ“सो ३ बजे हेटौंडा जेसिज सचिवालयमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरी जेसिज सप्ताह सम्पन्न गरिने कार्यक्रम छ ।
कार्यक्रमको सहसंयोजक बिनोद वाग्ले छन् भने प्रमुख कार्यक्रम संयोजक न्यौपाने छन् । जेसिज महासचिव किरण आले र अध्यक्ष सिनियर सन्तोष पराजुली छन् । जेसिजले हरेक वर्ष विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिमार्फत् युवाको नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासमा योगदान पु¥याउ“दै आएको छ । यस वर्षको जेसिज सप्ताहका कार्यक्रमले पनि सामाजिक सेवा, विद्यार्थीको प्रतिभा विकास र युवाको सक्रियतालाई जोड दिने अपेक्षा गरिएको छ ।


















