हेटौंडा÷चितवनमा चौथो राप्ती नदी दिवस मंगलबार मनाइएको छ । जिल्ला वन कार्यालय मकवानपुरको आयोजना, हेटौंडा उपमहानगरपालिकाको सहकार्य तथा सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमअन्तर्गत् मकवानपुरको भीमफेदीआसपासबाट राप्ती नदी सरसफाइ महाअभियान चलाइएको छ । चितवनको गोलाघाटसम्म सरसफाइ हुनेछ । यसवर्ष ‘स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान’ भन्ने मूल नारासाथ दिवस मनाइनेछ । यस अभियानले राप्ती नदीको पर्यावरणीय, जैविक, सामाजिक तथा आर्थिक महत्व उजागर गर्दै नदी संरक्षणमा स्थानीय समुदाय, सरोकारवाला निकाय र सरकारी संस्थाहरुको भूमिका प्रभावकारी बनाउने आयोजकले जनाएका छन् ।

सरसफाइ कार्य मकवानपुर र चितवन जिल्लाको नदीकिनारमा विहान ८ बजे एकसाथ थालिएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए । राप्ती नदी पर्यटकीय क्षेत्र भएकाले नदीकिनार, सिमसार तथा सामुदायिक वनक्षेत्रमा समेत सफाइ कार्यक्रम आयोजना गरिने उनले बताए । यस अवसरमा चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा रहेर संरक्षणको पहरेदार पूर्वी सेक्टर कार्यालय, नेपाली सेना, स्थानीय तह तथा सम्पूर्ण नेचर गाइड, होटेल तथा रेस्टुुरा“ व्यवसायीहरु, जिप समितिहरु, बोट समिति, सम्पूर्ण संघसंस्थाहरु, स्थानीय समुदाय तथा इच्छुकहरु स्वतःस्फुर्त सहभागी भएका छन् । यसले नदीकिनारको सौन्दर्य, जैविक विविधता तथा स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ ।

राप्ती नदी चितवन निकुञ्जका जनावरले पिउने पानीको मुख्य स्रोत हो । राप्तीमा दुर्लभ घडियाल गोही पनि प्रशस्त छन् । ‘राप्तीकिनारवरपर सिसा, प्लास्टिक त्यसै असरल्ल प्mया“क्ने चलन बढेर गयो । गैंडालगायत जनावरले प्लास्टिक नै खान थाले । गैंडाको बच्चाको खुट्टामा सिसा गडेर खोच्याउने गरेको देखेपछि चितवनमा सफाइ अभियान सुरु भएको हो,’ संरक्षणकर्मी घिमिरेले भने ।

भरतपुर–१३, २२ तथा २३ नम्बर वडासम्मको राप्तीकिनारमा सफाइ अभियान चलेको छ । निकुञ्ज भएर बग्ने मुख्य खोला प्रदुषित हु“दा धेरै खाले समस्या आएको भन्दै हाल राप्तीको तल्लो क्षेत्रमा मात्र सफाइ अभियान चलेको र माथिल्लो खण्डबाट निरन्तर फोहोर हुने गरेको संयोजक घिमिरेले बताए । ‘मकवानपुरबाट बग्दै आउने राप्ती खोलालाई स्वच्छ राख्न मुहान र यसआसपास सबै गाउ“बस्तीमा सफाइ चेतना फैलाउन आवश्यक छ । त्यसैका लागि यस वर्षबाट दिवस नै मनाउन सुरु गरेका हौं,’ उनले भने ।

अभियानअन्तर्गत् नदीकिनार र बस्तीआसपास फोहोर व्यवस्थापन, जनचेतना कार्यक्रम, वृक्षरोपण तथा स्थानीय समुदायको सहभागिता वृद्धिजस्ता गतिविधिलाई प्राथमिकता दिइने छ । राप्ती नदी दुर्लभ जलचर तथा चितवन–पर्सा क्षेत्रका बाघ, भालु, गैंडा, हात्ती, कछुवा, घडियालसहित संकटापन्न वन्यजन्तुको जीवनका लागि महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण अझ आवश्यक रहेको बताइन्छ । हाल उद्योग, होटल तथा व्यावसायिक क्षेत्रबाट निस्कने फोहोर, केही स्थानीय तहद्वारा नदीकिनारमा फोहोर डम्पिङ गर्ने प्रवृत्तिले नदी प्रदुषण तीव्र बन्दै गएको छ । यसले नदी पारिस्थितिक तन्त्र, जलचर, वन्यजन्तु तथा स्थानीय समुदायको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना भइरहेको छ ।

राप्ती नदी संरक्षणलाई प्रभावकारी बनाउन वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानीय तह, जनप्रतिनिधि, कार्यालयहरु, समुदाय, सामाजिक संघसंस्था, पत्रकार, विद्यार्थी, युवा तथा उद्योग व्यवसायी सबैको सक्रिय सहभागिता आवश्यक छ । राप्ती नदी चितवन र मकवानपुर क्षेत्रको प्राकृतिक सम्पदा तथा जैविक विविधताको महत्वपूर्ण आधार हो । नदीले वन्यजन्तुको बासस्थान, जलचरको जीवनचक्र, कृषि प्रणाली र स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउ“दै आएको छ ।