हेटौँडा/जेसीज सप्ताह २०२६ अन्तर्गत जेसीआई हेटौंडाद्वारा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रगत दिएका छन् ।
बुधबार जीवन छत्कुलीको संयोजकत्वमा हेटौँडा–१०, बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा जेसीआई हेटौँडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।

यसैगरी, जेसीज सप्ताहकै अवसरमा आजै अपराह्न ४:३० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तर हेटौँडा जेसीज वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ । उक्त कार्यक्रम जेसी प्रतीक कोइरालाको संयोजकत्वमा हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक सञ्जय कुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन् ।



















