काठमाडौं/उपत्यकाका तीन जिल्लाले मंगलबारदेखि पशु बधशाला तथा मासु जा“च ऐन, २०५५ कार्यान्वयनमा ल्याएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाले मंगलबारदेखि उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
उक्त कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठले जानकारी दिए । यसस“गै अव्यवस्थित ठाउ“मा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ्य मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ ।
सरकारले भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसअनुसार पहिलो चरणमा मंगलबारदेखि ऐन कार्यान्वयनमा आएको हो । मंगलबारदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा ऐन लागु भएको छ । ऐन कार्यान्वयन भएस“गै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ ।


















