हेटौंडा / सिमलटार युवा क्लब हेटौंडा ११ को अध्यक्षमा पुनः प्रभाकार पुडासैनी निर्विरोध चयन भएका छन् । क्लबको पाचौं वार्षिक साधारण तथा चौथो अधिवेशनले पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै क्लबको उपाध्यक्षमा जितेन स्याङ्तान , सचिवमा अजयप्रसाद कुर्मी , सहसचिवमा उमेश बस्नेत , कोषाध्यक्षमा उज्वल श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसैगरी सदस्य पदमा विष्णु भोम्जन , गौतम कार्की ,भोला पुन मगर , बसन्त भुर्तेल निर्विरोध चयन भएका हुन् । हेटौंडा ११ थानाभर्याङ्ग सिमलटारमा भएको कार्यक्रम क्लबका अध्यक्ष प्रभाकर पुडासैनीको अध्यक्षता र सिमलटार टोलविकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार गोविन्द प्रसाद न्यौपाने , श्री शङ्कर ज्योति मा.वि. ब्यवस्थापन समितिका अध्यक्ष राम सिं तितुङ ( विकास ) लगायतको आतिथ्यता रहेको थियो ।





















