हेटौंडा/बागमती प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ५.४ प्रतिशत् रहने प्रारम्भिक अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत् थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानअनुसार चालु आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर भने ३.८५ प्रतिशत् रहनेछ । अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत् रहेको संशोधित अनुमान छ । यसले राष्ट्रिय अर्थतन्त्रको तुलनामा बागमती प्रदेशको आर्थिक वृद्धिदर उच्च रहने देखाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ११.२३ प्रतिशत्, उद्योगको १२.२४ प्रतिशत् र सेवाक्षेत्रको ७६.५३ प्रतिशत् रहने अनुमान छ । यसले प्रदेशको अर्थतन्त्रमा सेवाक्षेत्रको प्रमुख भूमिका रहेको देखाउ“छ ।

कृषि उत्पादनमा गिरावट

प्रतिवेदनले बागमती प्रदेशको कृषिक्षेत्रमा मिश्रित अवस्था देखाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशत् घटेको छ । समग्र बाली उत्पादनमा पनि ७.८ प्रतिशत् गिरावट आएको छ । यद्यपि, प्रमुख खाद्यान्न बालीमध्ये धानको उत्पादन ०.४ प्रतिशत्, मकैको ०.३ प्रतिशत्, गहु“को २.५ प्रतिशत्, कोदोको ०.३ प्रतिशत्, जौको १३.६ प्रतिशत् र फापरको २.५ प्रतिशत् बढेको प्रतिवेदनमा उल्लेख छ । तरकारी तथा बागवानी उत्पादन २.८ प्रतिशत् बढेको छ । पशुपक्षीजन्य उत्पादनतर्फ दूध उत्पादन ०.७ प्रतिशत् र मासु उत्पादन ३.१ प्रतिशत् बढेको छ । तर, अण्डा उत्पादन भने ८.३ प्रतिशत् घटेको छ । समीक्षा अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा ३.३ प्रतिशत् कर्जाप्रवाह भएको छ ।

कृषि उत्पादनको समग्र परिमाण घट्नुले खेतीयोग्य क्षेत्रको उपयोग, उत्पादन क्षमता र कृषिक्षेत्रको दीगोपनमा चुनौती रहेको संकेत गर्छ । धान, मकै र गहु“जस्ता प्रमुख बालीमा सामान्य वृद्धि देखिए पनि समग्र उत्पादनमा आएको गिरावटले कृषिक्षेत्रको अवस्था एकरुप नरहेको देखाएको छ ।

उद्योगको क्षमता उपयोग बढ्यो

औद्योगिक क्षेत्रमा भने उत्पादन क्षमता उपयोगमा सुधार आएको छ । प्रतिवेदनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग आर्थिक वर्ष २०८२/०८३ मा ४१.०८ प्रतिशत् पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो उपयोग ३७.४९ प्रतिशत् थियो । यसले उद्योगहरुले अघिल्लो वर्षको तुलनामा उपलब्ध उत्पादन क्षमताको बढी उपयोग गरेको देखाउ“छ । तर, औसत क्षमता उपयोग अझ ५० प्रतिशत्भन्दा कम रहेकाले उद्योगहरुको पूर्णक्षमतामा उत्पादन सञ्चालन हुन नसकेको प्रतिवेदनका तथ्यांकले देखाउ“छन् ।

बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक कर्जाको हिस्सा ३६.८१ प्रतिशत् छ । प्रदेशमा औद्योगिक गतिविधि र कर्जाप्रवाहको महत्वपूर्ण हिस्सा रहे पनि उद्योगको उत्पादन क्षमता अझ प्रभावकारीरुपमा उपयोग गर्ने सम्भावना देखिन्छ ।

होटलको औसत क्षमता उपयोग ४७.९ प्रतिशत्

सेवाक्षेत्रअन्तर्गत् अध्ययनका लागि छनौट गरिएका होटलहरुको औसत क्षमता उपयोग ४७.९ प्रतिशत् छ । प्रतिवेदनअनुसार २०८२ कात्तिकदेखि होटलहरुको क्षमता उपयोगमा क्रमिक सुधार देखिएको छ । यस अवधिमा घरजग्गा रजिस्ट्रेसनको संख्या ९.६ प्रतिशत् बढेको भए पनि रजिस्ट्रेसनबाट प्राप्त राजस्व भने १६.८ प्रतिशत् घटेको छ । कारोबारको संख्या बढ्दा पनि राजस्व घटेको तथ्यले घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी आम्दानीमा कमी आएको देखाउ“छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ९.७९ प्रतिशत् बढेको छ । सोही अवधिमा कर्जाप्रवाह ९.०७ प्रतिशत् बढेको प्रतिवेदनमा उल्लेख छ । यसले प्रदेशको वित्तीय क्षेत्रमा निक्षेप र कर्जा दुवै विस्तार भएको देखाउ“छ । यातायात क्षेत्रमा सवारीसाधन दर्ताको संख्या समीक्षा वर्षमा २० प्रतिशत् बढेको छ ।

सडक र पुल निर्माणमा प्रगति

पूर्वाधारतर्फ आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशमा ४९.५८ किलोमिटर नया“ सडक निर्माण भएको छ । यस अवधिमा ग्राभेल सडक १४३.६९ किलोमिटर र कालोपत्र सडक ११७.९२ किलोमिटर स्तरोन्नति गरिएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा ४४ वटा सडकपुल र ६ वटा झोलुंगेपुल निर्माण भएका छन् । सडक निर्माण तथा स्तरोन्नति र पुल निर्माणले प्रदेशको यातायात पूर्वाधार विस्तारमा प्रगति भएको देखाउ“छ ।

वैदेशिक रोजगारीमा जाने एक लाख २९ हजार बढी

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशबाट एक लाख २९ हजार ६ सय ५१ जना वैदेशिक रोजगारीमा गएका छन् । यो देशभरको कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत् हो । यस अवधिमा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत् बागमती प्रदेशमा चार हजार ३ सय ४८ जनाले रोजगारी प्राप्त गरेका छन् । यी तथ्यांकले प्रदेशमा वैदेशिक रोजगारीको महत्वपूर्ण भूमिका रहेको देखाउ“छन् ।

बजेट खर्च ६८.१८ प्रतिशत्

आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेश सरकारले कुल ६७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको थियो । त्यसको ६८.१८ प्रतिशत् अर्थात् करिब ४६ अर्ब खर्च भएको प्रतिवेदनमा उल्लेख छ । २०८३ असार मसान्तसम्म प्रदेश सरकारले ३० अर्ब ६७ करोड राजस्व संकलन गरेको छ । बजेट विनियोजनको तुलनामा खर्चको अनुपात ६८.१८ प्रतिशत् रह“दा विनियोजित बजेटको करिब एक तिहाइ खर्च हुन बा“की देखिन्छ ।