बकैया/मकवानपुरको बकैया गाउँपालिका–६, जस्पालमा एक पुरुषको मृत्यु भएको छ। खोलामा भएको झगडाका क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।