हेटौंडा/मकवानपुरको थाहास्थित गोपाली काष्ठ तथा फर्निचर उद्योगबाट चिरान काठ लिएर हेटौंडा आइरहेको लुम्बिनी ०१–००१ ख ११०८ नम्बर ट्रकसहित ओसारपसारमा संलग्न दुई जनालाई भैंसे प्रहरीले राति १ बजे नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा बुझाएको छ ।
ट्रकमा रहेको चिरान काठको कुनै पुर्जी नभएपछि प्रहरीले शंका लागेर चेक गरेको हो । काठ ल्याइएको क्षेत्र पालुङ सबडिभिजन कार्यालयको क्षेत्र हो । कार्यालयमा सातौं तहका अधिकृत सागर जैसी, रेञ्जरहरु सन्देश खनाल र भुपेन्द्र ओली कार्यरत छन् । हाल कुनै पनि काठको छोडपुर्जी नभएको अवस्थामा मिति केरमेट गरेको कागजात देखाउ“दै उनीहरुले काठ निकासी गरिरहेको पाइएको छ । यसअघि पनि थुप्रैपटक चिरान काठ हेटौंडा ल्याइएको प्रहरीमा सूचना थियो । वन कर्मचारीकै साथ भएपछि काठ ओसारपसार गर्नेहरुले फा“टबजारदेखि भोटखोरियाबाट काठ ल्याएको पाइएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले छोडपुर्जीमा मिति केरमेट गरेको पाइएपछि शंका लागेर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । ‘मिति केरमेट देखिएको छ । वन कार्यालयलाई बुझेर थप कारबाही हुनेछ,’ उनले भने । डिभिजन वन कार्यालय राप्ती प्रमुख हेम थापाले भने हाल कतै काठको छोडपुर्जी नदिइएको बताए । उनले भने–घटनाबारे मकहा“ कुनै सूचना आएको छैन । चिरान काठको छोडपुर्जी दिइएको पनि छैन । स्थानीय काठ व्यवसायीले भने वन कर्मचारीकै संरक्षणका केही काठ तस्करले पछिल्लो समय यसरी काठ तस्करी गरिरहेको बताएका छन् । उनीहरुले रातिराति काठ तस्करी गराउने काममा संलग्न वन कर्मचारीलाई पनि कारबाहीको माग गरेका छन् ।






















