बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले सरकारले आज र भोलि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
सरकारले आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि निःशुल्क खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।























