हेटौंडा/चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत् सशस्त्र प्रहरीले हेटौंडाबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक विद्युतीय (ईभी) गाडी जा“च गर्ने क्रममा पटाका बरामद गरेको हो ।
वीरगञ्जबाट हेटौंडातर्फ आउ“दै गरेको ईभी गाडीलाई सोमबार दिउ“सो चेक गर्ने क्रममा करिब एक लाख ४० हजार बराबरका प्रतिबन्धित आतिसबाजीजन्य प्रज्ज्वलनशील पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीमा ४० प्याकेट रकेट पटाका, १ सय ८० प्याकेट झिर्झिरे, १५ प्याकेट नागिन पटाका र ८ सय ८० प्याकेट किङकोब्रा पटाका छन् । सशस्त्र प्रहरी नायब निरीक्षक वीरबहादुर लामाको नेतृत्वमा खटिएको १० जनाको टोलीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा सोमबार सा“झ सशस्त्र प्रहरी गणपरिसरमा खाल्टो खनी पुरेर नष्ट गरिएको हो । चाडपर्वका बेला हुनसक्ने अवैध आतसबाजीको ओसारपसार तथा प्रयोग नियन्त्रण गर्ने उद्धेश्यले सुरक्षा जा“च कडा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।