काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का राष्ट्रियसभा सांसद बेदुराम भुसालले सोमबार राष्ट्रियसभाको बैठकमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन माग गरेका छन् ।
नेता भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन बनाउनुपर्ने माग गरेका हुन् । उनले मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन गरेरै भए पनि शक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाई छ । उनले छानबिनबाट कसैले अवैध सम्पत्ति आर्जन गरेको भेटिए राष्ट्रियकरण गर्ने गरी अघि बढ्न जरुरी रहेको जोड दिए ।
संविधानमा रहेका समस्याको पहिचान गर्न संविधानको पुनरवलोकन गर्नुपर्ने उनको भनाई छ ।










  
                                        खबरदारी                                    


