काठमाडौं÷भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी आकस्मिक बाढीका कारण करिब १ हजार ८ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । प्रारम्भिक मूल्यांकनमा विशेषगरि धानबालीमा ठूलो क्षति पुगेको छ भने हजारौं पशुपक्षी मारिएका छन् । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ग्रामीण बस्तीमा ठूलो मानवीय तथा आर्थिक क्षति पु¥याएको र विशेषगरि किसानको जीविकोपार्जन संकटमा परेको एफएओले बताएको हो ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीबाट किसान तथा पशुपालक समुदायमा परेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी रोपाईं मौसम सुरु हुनुअघि कृषि उत्पादन पुनःस्थापना गर्नुपर्ने आवश्यकताबारे धारणा व्यक्त गरेकी छन् । विपद्को असर मानवीय क्षतिमा मात्र सीमित नभइ कृषि उत्पादन, पशुपालन, मत्स्यपालन तथा ग्रामीण जीविकोपार्जनका आधारमा समेत परेको प्रारम्भिक मूल्यांकनले देखाएको धारणा बेचडोलले जनाएकी छन् ।

बाढीले कृषियोग्य जमिनस“गै मत्स्य पोखरी, खाद्यान्न भण्डार र कृषि पूर्वाधारमा समेत क्षति पु¥याएको छ । यसबाट प्रभावित किसान परिवारको तत्कालीन खाद्य आवश्यकता पूरा गर्न कठिनाइ हुनुका साथै आगामी उत्पादन चक्र र आम्दानीमा समेत दीर्घकालीन असर पर्ने जोखिम बढेको छ । विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारस“ग सहकार्य गरिरहेको एफएओले आपत्कालीन पशु स्वास्थ्य सेवा, कृषिक्षेत्रमा भएको क्षतिको मूल्यांकन तथा ग्रामीण जीविकोपार्जन पुनःस्थापनाका काम अघि बढाइरहेको छ । बेचडोलका अनुसार हालैको बाढीले मानवीयरुपमा अत्यन्त पीडादायी क्षति पु¥याएको छ । ‘एक हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, हजारौं सम्पर्कविहीन छन् र सम्पूर्ण समुदाय प्रभावित भएका छन्,’ उनले भनिन् ।

बाढीले घर तथा भौतिक संरचनास“गै धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य स्रोतसमेत नष्ट गरेको छ । खेतहरु माटो र गेग्रानले पुरिएका छन्, मत्स्य पोखरी बगेका छन् भने सडक, पुल तथा बजारमा क्षति पुगेका कारण खाद्यान्न, पशुआहार, दूध तथा कृषि सामग्रीको आपूर्ति अवरुद्ध भएको छ । एफएओको प्रारम्भिक मूल्यांकनअनुसार करिब १ हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेकाले झण्डै ७ हजार ७ सय मेट्रिकटन कृषि उत्पादन गुम्ने अनुमान गरिएको छ । यसले किसान परिवारको वर्तमान बालीमा मात्र नभइ आगामी उत्पादन र आम्दानीका अवसरमा समेत असर पार्ने देखिएको छ ।

प्रभावित क्षेत्र नेपालका महत्वपूर्ण पशुपालन केन्द्रमध्ये एक हो । ११ वटा प्रभावित पालिकामा बाढीअघि करिब ३ लाख ५० हजार गाईभैंसी, भेंडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा थिए । बेचडोलका अनुसार हजारौं पशुपक्षी हराइसकेका वा मरेका छन् । समग्र पशुधन तथा कुखुराको ५ देखि १० प्रतिशत्सम्म पूर्णरुपमा क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । ‘किसान परिवारका लागि एउटा पशु गुमाउनु भनेको केवल तत्कालको खाद्य स्रोत गुमाउनुमात्र होइन, भविष्यको आम्दानी र उत्पादनको आधार पनि गुमाउनु हो,’ उनले बताइन् । एफएओका अनुसार प्रभावित किसानलाई तत्काल वीउ आवश्यक छ । पशुधनका लागि पशुआहार र पशु स्वास्थ्य सेवा पनि उत्तिकै महत्वपूर्ण रहेको बेचडोलले बताइन् । बाढीपछि पशु रोग फैलिने जोखिम बढ्ने भएकाले खोप, उपचार र रोग निगरानीमा समेत विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । एफएओले सरकारस“ग मिलेर बाली, पशुधन, मत्स्य क्षेत्र, कृषियोग्य जमिन तथा कृषि पूर्वाधारमा पुगेको वास्तविक क्षतिको विस्तृत अध्ययन गरिरहेको छ । यसका लागि स्थलगत् अवलोकनस“गै उपग्रह तथा रिमोट सेन्सिङ प्रविधि प्रयोग भइरहेको छ । ‘हामी केवल बाढी कहा“सम्म पुग्यो भन्ने जान्न चाह“दैनौं । यसले केके बगायो र किसानहरुलाई फेरि उत्पादन सुरु गर्न के आवश्यक छ भन्ने बुझ्न चाहन्छौं,’ उनले भनिन् ।

बेचडोलले नेपालले हाल दुई समानान्तर चुनौती सामना गरिरहेको बताइन् । पहिलो, प्रभावित समुदायलाई सुरक्षित खानेपानी, खाद्यान्न, आश्रय र सरसफाइ सेवा उपलब्ध गराउनु हो । बाढीले ४१ वटा पुल नष्ट गर्नुका साथै सडकसञ्जालमा क्षति पु¥याएकाले सहायता वितरणमा समेत कठिनाइ भइरहेको छ । दोस्रो चुनौती कृषिक्षेत्रको पुनःस्थापना हो, जसलाई समयमै अघि बढाउनु आवश्यक छ । ‘रोपाईंले पुनःस्थापना योजनाको प्रतीक्षा गर्दैन,’ उनले स्पष्ट पारिन् । उपग्रह तस्वीरहरुले धेरै कृषियोग्य जमिन माटो र गेग्रानले पुरिएको, भूमिकटान भएको तथा ठूलो मात्रामा ढुंगा–बालुवा थुप्रिएको देखाएको छ । यसले दीर्घकालीन कृषि पुनःस्थापनालाई थप जटिल बनाउने सम्भावना रहेको बेचडोलको भनाइ छ ।

उनका अनुसार पुनःस्थापना केवल वीउ वितरणमा सीमित हु“दैन । कुन खेत पुनः उत्पादनयोग्य बनाउन सकिन्छ, कहा“ माटो पुनःस्थापना आवश्यक छ, सिचाईं तथा निकास प्रणाली कसरी मर्मत गर्ने र किसानलाई अर्को बालीका लागि कसरी तयार पार्ने भन्ने विषयमा एकीकृत प्रयास आवश्यक छ ।

बाढी आएको करिब २४ घण्टाभित्र एफएओले आपत्कालीन टोली परिचालन गरी प्रभावित क्षेत्रमा पशु चिकित्सकसमेत पठाएको थियो । घाइते तथा प्रभावित पशुको उपचारका लागि आवश्यक औषधि उपलब्ध गराइएको छ भने पशुरोगको जोखिम र पशुआहार आवश्यकताको मूल्यांकन जारी छ । नेपाल सरकारको अनुरोधमा कृषिक्षेत्रमा भएको क्षति तथा नोक्सानीको विस्तृत मूल्यांकनको नेतृत्व पनि एफएओले गरिरहेको छ । यसले लक्षित र तथ्यमा आधारित पुनःस्थापना योजना तयार गर्न सहयोग पुग्ने एफएओको अपेक्षा छ ।

बेचडोलका अनुसार एफएओले आपत्कालीन प्रतिकार्यस“गै कृषि उत्पादन पुनःस्थापनामा समानान्तररुपमा काम गरिरहेको छ । यसअन्तर्गत् सिचाईं प्रणाली पुनःस्थापना, किसानलाई समयमै वीउ तथा कृषि उपकरण उपलब्ध गराउने, बा“चेका पशुधनलाई आहार र स्वास्थ्य सेवा प्रदान गर्ने तथा मत्स्य क्षेत्र र स्थानीय बजार पुनःसञ्चालनमा ल्याउने प्रयास भइरहेका छन् । ‘हाम्रो लक्ष्य केवल हराएका वस्तुहरु प्रतिस्थापन गर्नुमात्र होइन,’ उनले भनिन्–हामी किसान परिवारको खाद्य उत्पादन गर्ने र आम्दानी कमाउने क्षमता पुनःस्थापित गर्न च