हेटौंडा/काठमाडौंका घरमा ग्यास सकिएपछि केही दिन दाउरामा खाना बनाए । त्यसपछि साल्ट ट्रेडिङमा ग्यास लिन गए । त्यहा पुगेपछि मात्र थाहा भयो, साल्ट ट्रेडिङबाट अरु जुनसुकै कम्पनीको सिलिन्डर साट्न नमिल्ने रहेछ, उही साल्ट ट्रेडिङकै सिलिन्डर हुनुपर्ने रहेछ । नया“ सिलिन्डर किन्न खोज्दा पनि किन्न नपाइने कडा नियम रहेछ । उपभोक्तसंग पहिले नै एसटीसीका सिलिन्डर थिए । एउटा सकिएपछि त्यही खाली सिलिन्डर लिएर साट्न गएका थिए । तर, पालो एक महिनापछि आउ“छ भनियो । घरमा भएको थोरै ग्यास पनि सकियो भने के गर्ने, उपाय थिएन ।

‘हाल चाहेजति परिकार बनाएर ग्राहकलाई पस्कन सक्ने अवस्था छैन । त्यसैले सीमित मेनुमात्र चलाइरहेका छौं । रेस्टुरा“मा नियमितरुपमा पाक्ने स्टिल मम, सिजलर, चब्सीजस्ता परिकार कटौती गरेका छौं । यी परिकार बनाउन ग्यास धेरै खपत हुने भएकाले ग्यास अभावमा ग्राहकलाई उपलब्ध गराउन सकेका छैनौं,’ होटल व्यवसायी राज अर्यालले भने । पाल्पाली भोजनालय थापाथलीका सञ्चालक कृष्ण पाण्डेले भने–ग्यासमा धेरै पकाउन र फ्राइ गर्नुपर्ने परिकार बनाउन छाडेका छौं । सुरुमा त हामीले केही समूह बनाएर हेटौंडा र वीरगञ्जसम्म आएर आफैं ग्यास ल्याएर पनि व्यवसाय चलायौं । तर, सधैं आफैं ग्यास खोज्दै हि“डेर व्यवसाय चलाउन सम्भव भएन । ग्यास अभावका कारण आधा मेनु कटौती गर्नुपरेको छ । फ्राइ आलु, चिकेन र तन्दुरी रोटीजस्ता नियमितरुपमा बिक्री हुने परिकारसमेत रेस्टुरा“मा पाक्दैनन् । आम्दानी पनि घटिरहेको छ ।

‘घरमा एउटा ग्यास सिलिन्डर र एउटा इन्डक्सन थियो । ग्यास सकिएको करिब एक हप्ता भयो । धेरै ठाउ“ खोजें, नाम पनि टिपाए“ । तर, पाउन सकेकी छैन । साथीभाइदेखि डिलरसम्म सबैलाई सोधिसकें, तर कसैले पनि ग्यास छ भन्दैनन् । इन्डक्सनकै भरमा खाना पकाइरहेकी छु । घरमा दुई बच्चा छन् । विहान उनीहरुलाई खाना खुवाएर स्कुल पठाउनुपर्ने हुन्छ । इन्डक्सनमा खाना पकाउ“दा ग्यासमा जस्तो छिटो हुँदैन । विहान निकै हतार हुन्छ,’ गृहिणी सुनिता भट्टराई भन्छिन् ।

विशेषतः काठमाडौंमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावको लगातारको समस्या समाधान गर्न हेटौंडाका एक व्यवसायीले महत्वपूर्ण सुझाव दिएका छन् । व्यवसायी तथा समाजसेवी सिद्धीलाल श्रेष्ठले नेपाल सरकारले आयल निगमलाई पहिलो चरणमा चितवनको लोथरमा ग्यास भण्डारण तथा रिफिलिङ गरी वितरण गर्ने कार्य यथाशीघ्र निर्माण गर्ने र क्रमशः ७ वटै प्रदेशमा विस्तार गर्न सुझाएका छन् । ‘यस योजना विगत धेरै वर्षअगाडि नै सरकार र निगमले गरेको थियो,’ उनले स्मरण गराए ।

पेट्रोल/डिजल वितरण गर्ने सातै प्रदेशको ठाँउठाउँमा नेपाली सेना, नेपाल प्रहरी कल्याणकारी कोषहरु जस्ता संस्थालाई पेट्रोल पम्प खोली पेट्रोल÷डिजेल वितरण व्यवस्थापन गरेको छ । ‘तसर्थ, हाम्रो देशलाई आवश्यकभन्दा बढी ग्यास व्यवसायी र पेट्रोलियम व्यवसायी भएकालाई मध्यनजर गर्दै विगतमा जसरी बैंक तथा वित्तीय संस्थाहरु मर्ज गराइएको थियो, त्यसैगरी पेट्रोल पम्प र ग्यास रिफिलिङ सेन्टर मर्ज गर्नु आवश्यक छ,’ उनले भने–जसरी पेट्रोल पम्पले नेपाल आयल निगमबाट डिजेल/पेट्रोल ल्याएर आफ्नो पम्पमा भण्डारण गरी सवारीसाधनको ट्यांकमा भर्ने गर्छन्, त्यसैगरी नेपाल आयल निगमले ग्यास रिफिलिङ गरी सहजरुपमा नागरिकसम्म पु¥याउने काम गर्नुपर्छ । मानवजीवनको अत्यावश्यक ग्यासमा राजनीति गर्ने अवसर कसैलाई पनि दिनु हुँदैन ।