काठमाडौं । होलीलाई मर्यादित रुपमा मनाउन देशका विभिन्न जिल्लास्थित प्रशासन कार्यालय सूचना नै जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कार्यालय, काठमाडौंले मंगलबार एक सूचना प्रकाशन गर्दै मर्यादित भएर होली पर्व मनाउन भनेको छ । अन्यथा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि गरे कारबाही गरिने कार्यालयको चेतावनी छ ।
सूचनामा भनिएको छ, ‘सामाजिक व्यवहार (सुधार ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ,’ ।
यस वर्ष फागुन २९ गते काठमाडौंसहित पहाडी र हिमाली जिल्लामा र चैत १ गते तराईमा होली मनाइँदैछ ।










खबरदारी 


