हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ।
राप्रपाका अनुसार मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ लाई पार्टीको निर्णयविपरीत सरकारमा गएको आरोपमा कारबाही गरिएको हो। उनीहरू गत भदौ ४ गते बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएका थिए।
उपसभामुख अप्सरा चापागाईं ले यस विषयमा संविधान तथा प्रचलित कानुन अध्ययन गरी आवश्यक सिफारिस पेश गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिएकी छन्
अब तीन मन्त्रीको सांसद पद के हुन्छ? कानुनी प्रक्रियाले टुंगो लगाउनेछ।











