काठमाडौं/शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुष कु“वरले २ सय मिटर दौडमा इतिहास रचेका छन् । आयुषले नेपाली एथ्लेटिक्सतर्फ २ सय मिटर दौडमा नया“ राष्ट्रिय कीर्तिमान रचेका हुन् । उनले अमेरिकाको लस एञ्जलसमा गत जुलाईमा भएको ग्रान्ड स्प्रिन्ट सिरिजअन्तर्गत् २ सय मिटर दौडतर्फ २१.८७ सेकेन्डको नया“ राष्ट्रिय कीर्तिमान निर्धारित गरेका हुन् ।

यसस“गै आयुषले यस विधातर्फ रहेको ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई पनि ध्वस्त बनाए । यस २ सय मिटर दौडमा सन् १९९५ देखि रामकृष्ण चौधरीको नाममा २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । ३ दशकसम्म कसैले तोड्न नसकेको रामकृष्णको कीर्तिमानलाई हाल आयुषले तोड्न सफल भए ।

आयुष यतिमै रोकिएनन् । उनले गत अगष्ट ९ मा लण्डनमा आयोजित लण्डन म्याराथन कम्युनिटी ट्रयाकअन्तर्गत् २ सय मिटर दौडमै फेरि अर्को नया“ कीर्तिमान रचे । उनले एक महिनाअघि अमेरिकामा राखेको २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनले लण्डनमा भएको प्रतियाोगिताअन्तर्गत् २ सय मिटर दौडमा ०.२१ सेकेन्ड समय सुधार गर्दै २१.६६ सेकन्डको नया“ राष्ट्रिय कीर्तिमान निर्धारित गरेका छन् ।

यसअघि २०२४ फेबु्रवरीमा अमेरिकामा भएको प्रतियोगितामा आयुषले रामकृष्णले राखेको कीर्तिमान तोडेका थिए । ६० मिटर दौडमा सन् २००१ मा रामकृष्णले नै ७.०९ सेकेन्डको कीर्तिमान रचेका थिए । यसलाई आयुषले ७.०२ सेकेन्डको नया“ कीर्तिमान राख्दै तोडे । यस कीर्तिमान वल्र्ड एथलेटिक्सको वेबसाइटमा समेत सूचीकरण गरिएको छ ।

नेपाली खेलकुद क्षेत्रमै अवसरको कमी छ र एथलेटिक्समा झन् अवसर पर्खनुपर्ने अवस्था छ । खेलाडीहरुले अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुटेको हो । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनको सन् २०२३ देखि नै बनेको थियो । खेल बुझ्दै जा“दा उनले आफैं अवसरहरु खोजेर वल्र्ड एथलेटिक्स स्वीकृत प्रतिस्पर्धाहरुमा सहभागी भइ यस कीर्तिमान बनाएका हुन् । विश्व एथलेटिक्स खेलको विश्वव्यापी नियमनकारी संस्था हो, जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुको नियम, मापदण्ड र कीर्तिमानहरुलाई आधिकारिकरुपमा मान्यता दिन्छ । यसैले यस संस्थाबाट स्वीकृत प्रतियोगितामा बनेको कीर्तिमानलाई मात्र अन्तर्राष्ट्रियस्तरमा वैध र आधिकारिक मानिन्छ, जुन खेलाडीको उपलब्धिलाई विश्वसनीयता दिने महत्वपूर्ण आधार हो ।

आयुषलाई शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवद्र्धन तथा प्रतिभावान् खेलाडीहरुको प्रोत्साहनका लागि अनुबन्धित गरेको हो । उनको सन् २०२३ देखिको एथलेटिक्स करियरमा शिवम् सधैं साथमा छ । उनलाई आवश्यक परेका बेला हवाईटिकट, पोशाक तथा आवश्यक सहयोग गर्दै आइरहेको छ । सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन् । चोटपटक, सीमित स्रोतसाधन तथा संस्थागत् चुनौतीहरुका बाबजुद् उनले निरन्तर प्रशिक्षण र अथक् मेहनतमार्फत् उक्त सफलता हासिल गरेका हुन् ।

हाल अमेरिकामा प्रशिक्षणरत् आयुषले आफ्नै पहल, समर्पण र अनुशासनसाथ नेपाली एथ्लेटिक्सलाई नया“ उचाईंमा पु¥याउने अभियानलाई निरन्तरता दि“दै आएका छन् । उनले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेलजीवनका अधिकांश पक्षहरु स्वयम् व्यवस्थापन गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । यस कीर्तिमान विश्वका अन्य मुलुकहरुको हाराहारीमा नपुग्न सक्छ, तर पूर्णकालीन जागिर, प्रशिक्षण र चोटपटकसमेत आफैं व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेका खेलाडीका लागि ३० वर्ष पुरानो कीर्तिमान तोड्नु आफैंमा एउटा उपलब्धि हो ।

कीर्तिमानपछि प्रतिक्रिया दि“दै आयुषले भने–तीन दशक पुरानो कीर्तिमान तोड्न सफल हु“दा अत्यन्त गर्व महसुस भएको छ । तर, यस कीर्तिमान ३० वर्षसम्म कायम रहनुको कारण हाम्रा स्प्रिन्टरहरुले अवसर नपाएकै हो । कीर्तिमान भनेको त तोड्नकै लागि हो । अब एउटा नया“ मापदण्ड फेरि निर्धारित भएको छ र आउने दिनका एथ्लिटहरुले चा“डै यसलाई तोड्ने छन् भन्ने आशा छ । त्यसका लागि हामी स्प्रिन्ट प्रोजेक्ट नामक निजी परियोजना ल्याउन खोज्दैछौं, जसमा शिवम् सिमेन्टको साथ फेरि अपेक्षा गर्नेछौं । शिवम् सिमेन्टले आयुषको यस ऐतिहासिक उपलब्धिप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरुको प्रोत्साहन तथा राष्ट्रिय गौरव अभिवृद्धिका लागि आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

त्यसैले सन् २०२७ मा अमेरिकामा हुने वल्र्ड मास्टर इन्डोर च्याम्पियनसिपका लागि आयुष कु“वरका प्रशिक्षण साझेदार शिवराज पार्कीलाई सहयोग गर्ने लक्ष्यसमेत शिवम् सिमेन्टको छ । यस उपलब्धिले उचित अवसर, दृढ इच्छाशक्ति र निरन्तर मेहनत भए नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा हासिल गर्नसक्ने स्पष्ट सन्देश दिएको छ ।