हेटौँडा/आइतबार ब्रोडकाष्टिङ मिडिया हाउसद्धारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजनामा ओम्याक्स सिनेमा हल हेटौँडामा मामाघर नेपालको सहयोगार्थ चलचित्र “लिटल स्टार्स”को च्यारिटि शो प्रदर्शन गरिएको छ ।
आइतवार बिहानको समयमा सञ्चालन एजे. टिम हेटौँडा प्रा.लि. द्धारा निर्मित उक्त चलचित्र “लिटल स्टार्स”को प्रदर्शन गरिएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले प्रमुख आतिथिका रुपमा मन्तव्य राख्नुहुदै यस्ता सामाजिक कथामा बनेका चलचित्रललाई सबैले मनन गरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताउदै आगामी दिनमा आफुले चलचित्रको यूनिटलाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा गैसस मकवानपुरका अध्यक्ष रमिला सापकोटाले हेटौँडामा सडक बालबालिकारहित बनाउन आफुहरूले सकेको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । यस्तै सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले आफुहरूले आगामी दिनहरू अझै सक्रीय भएर बालबालिकाको क्षेत्रमा काम गर्न यो चलचित्रले हौसला प्रदान गरेको बताउनु भयो ।
पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले यस्ता चलचित्रले समाजका यथार्थ गतिबिधीलाई देखाउन खोजेको र अझै धेरै पाटाहरूको उजागर गर्न बाँकी रहेकोले दोस्रो सिक्वेल पनि ल्याउनुपर्ने बताउनुभयो ।
मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले आफुले चलचित्रले उठाएको विषयवस्तुलाई वास्तविक जीवनमै देखेको हुदा यो चलचित्रलाई अझ ब्यबहारिक पाएको बताउनुभयो । साथै आगामी दिनमा अझै बालबालिकाहरू सडकमा निदाउन नपरोस् भनेर अझै सक्रीय हुने प्रतित्रद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला समन्व समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तान, आरति पाठक, विभिन्न सरकारी तथा गैरसहकारी कार्यालयका प्रमुख, पत्रकार, नागरिक समाजका अगुवा, समाजसेवीको उपस्थीति रहेको थियो ।
येडियो बुलेटिनले बिगतदेखि नै सामाजिक विषयवस्तुको उठान गर्दै समाजमा भएका हरेक समस्याहरूमाथि निगरानी, खबरदारी गर्दै सहजीकरणको पाटोमा पनि कार्य गर्दै आएको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनुभयो ।
कार्यक्रमको सभाध्यक्षता रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिल कुमार खातिले गर्नुभएको थियो । सभाध्यक्षका रुपमा बोल्नुहुदै उहाँले च्यारिटि शोबाट उठेको रकम हेटौँडा – ११ मा रहेको मामाघर नेपाललाई सहयोग गर्न लागिएको जानकारी दिनुभयो ।











