मकवानपुर । मकवानपुर प्रहरीले सेतो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई मनहरी ७ स्थित भित्रि सडकबाट पक्राउ गरेको छ।
भारतीय जेएच ०३ भी ०५३९ नम्बरको स्करपियो जाँच गर्ने क्रममा भारत झारखण्ड ग्राम पथेल थाना राजपुरका सवारी चालक सञ्जय माझी र गया बिहारका रामदुलार कुमारलाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुको साथबाट २० ग्राम ६३० मिलिग्राम सेतो हिरोइन बरामद गरिएको हो । पक्राउ परेकामाथि अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको प्रहरीले जनायो ।