हेटौंडा÷हेटौंडा १७, ठूलोगंगटेमा रहेको कालीलेक सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणस“गै स्थानीय कृषकको बालीमा हुने बा“दरको प्रकोप नियन्त्रण गर्ने उद्धेश्यले वृक्षरोपण गरेको छ । समूहको आफ्नै लगानीमा विभिन्न फलफूल तथा बहुउपयोगी प्रजातिका ५५ वटा बिरुवा रोपिएको समूहका उपाध्यक्ष नवीन बिष्टले जानकारी दिए । उनका अनुसार बा“दरको प्रकोप नियन्त्रण गर्न वन क्षेत्रमा फलफूलका बिरुवा रोपेर वन्यजन्तुलाई वनमै आहारको व्यवस्था गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा अमला, फलिट, कटहर, अम्बा, जामुन, इमिली, हर्रो र बर्रोलगायत प्रजातिका बिरुवा रोपिएका छन् । वनक्षेत्रमा फलफूलका बिरुवा हुर्किएस“गै वन्यजन्तुले आवश्यक आहार वनमै प्राप्त गर्ने र आसपासका बस्ती तथा खेतीबालीमा हुने क्षति कम हुने समूहको अपेक्षा छ । ‘समूहले आफ्नै लगानीमा फलफूलका बिरुवा खरिद गरी रोपण गरेको हो । अन्य सामुदायिक वन उपभोक्ता समूहहरुले पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस्ता कार्यक्रमलाई स्थानीय सरकारले समेत प्रोत्साहन गर्नु आवश्यक छ,’ उपाध्यक्ष बिष्टले थपे । समूहले वृक्षरोपणस“गै रोपिएका बिरुवाको संरक्षण, सिचाईं तथा नियमित हेरचाहमा समेत ध्यान दिने जनाएको छ । कार्यक्रमले वन संरक्षण, जैविक विविधता संरक्षण तथा स्थानीय कृषकको बाली जोगाउन योगदान पुग्ने विश्वास गरिएको छ ।