हेटौंडा÷मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको तीन पालिकाबीचको मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामा बकैयाको टिम च्याम्पियन बनेको छ । शनिबार बागमती भेट्रान्सको आयोजनामा भएको लिग गेममा बकैयाले फाइनलमा बागमतीलाई २–० गोलले हराएको हो ।
लिग पहिलो गेममा बागमतीले सिन्धुलीको हरिहरपुरगढीलाई ५–१ गोलले हराएको थियो । दोस्रो गेममा बकैयाले बागमतीलाई २–१ गोलले र तेस्रो खेलमा हरिहरपुरगढीले बकैयालाई २–१ गोलले हराए पनि अंकका आधारमा बकैया फाइनल प्रवेश गरेको थियो ।











