हेटौंडा/बेतखेल्सी सामुदायिक बन उपभोक्ता समूह, हेटौंडा–९ को आयोजनामा शनिबार अन्तक्र्रिया भएको छ । मानव–बन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सरोकारवालाबीच भएको अन्तक्र्रिया उक्त सामुदायिक बन अध्यक्ष वासुदेव प्याकुरेलको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति सदस्य वीरेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बनमा बा“दर धेरै भएर स्थानीय उपभोक्तालाई दुःख दिएकाले बा“दरको उपयुक्त स्थानान्तरणका लागि सम्बन्धित निकायमा जाने, ऐन संशोधनका लागि संघ तथा प्रदेश सरकारस“ग बन उपभोक्ता महासंघले लबिङ गर्ने, स्थानीय सरकार र अन्य सरोकारवाला पक्षले २ जनासम्म बा“दर हेरालु राख्न बजेट व्यवस्थापन गर्नेलगायत विषयमा छलफल भएको थियो ।
बन उपभोक्ता समूह सदस्य विष्णुमणि अधिकारीले सञ्चालन गरेको कार्यक्रममा ९ नम्बर वडाका जनप्रतिनिधि विष्णु रानामगर, केन्द्रीय बन उपभोक्ता महासंघ सदस्य रामहरि चौलागाईं, जिल्ला बन महासंघ अध्यक्ष साधुराम चौलागाईं, वडामा सक्रिय राजनीतिक दलका नेता÷प्रतिनिधिहरुको आतिथ्यता थियो ।











