काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर शुक्रबार विहान २ः५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पबाट हालसम्म कुनै पनि मानवीय र ठूलो भौतिक क्षति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् । उनका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा हात भाँच भाँचिएका एक जना कैदीको जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ ।
भूकम्पबाट कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ ।
यस्तै, भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।