हेटौंडा/नेपाल रेडक्रसले मकवानपुर रेडक्रससहित २३ समितिहरुलाई स्पष्टीकरण सोधेको छ । रेडक्रसको मर्म र भावनाविपरीत काम गरेको भन्दै ७ प्रदेश समिति र १५ जिल्ला समितिहरुलाई स्पष्टीकरण सोधिएको हो ।

उनीहरुले नियमित अध्यावधिक नगरेको, विधानविपरीत हुने गरी विभिन्न राजनीतिक दल र भ्रातृ संगठनमा सक्रिय भएकोलगायत आरोप लगाइएको छ । महामन्त्री ऋषिरमण खनालले बुधबार पत्र लेख्दै पत्र प्राप्त भएको तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । भदौ १ गतेको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बागमती प्रदेश समिति, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेश प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ । सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहु“ र पर्सा जिल्ला शाखा समितिलाई पनि स्पष्टीकरण सोधिएको छ ।