मनाङ/हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन । मनाङ ङिस्याङ गाउ“पालिका–३ ङावल र वडा नम्बर–४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हु“दैछ ।

पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत् रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । कार्यालय प्रमुख हरि थापाका अनुसार निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार निर्माण हुन सकेको छैन । पटकपटक म्याद थपि“दै आए पनि पुलको काम सम्पन्न हुन नगरेको उनले बताए । ‘भुक्तानी भइसकेको छ । तर, पुलको बिम उठाउनेबाहेक काम भएको देखि“दैन,’ उनले भने ।

कार्यालयका अनुसार २०७३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित करिब चार करोडमा निर्माण सम्झौता भएको थियो । मनाङ ङिस्याङ गाउ“पालिका–३ र ४ जोड्ने हुम्डेमा रहेको पुल मस्र्याङ्दी नदी पार गरी माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्छ । वडा–३ का अध्यक्ष कृष्णबहादुर लामाले ठेकेदारस“गै कार्यालयले पनि पुल निर्माणमा चासो नदिएको आरोप लगाए । स्थानीयका अनुसार पुल नबन्दा गाउ“पालिका कार्यालय पुग्न लामो समय लाग्ने गरेको छ ।

स्थानीय मुखिया लामाले भने–पुल बनेपछि चार–पा“च मिनेटमै पालिका पुग्न सकिन्छ । पुल नहु“दा घरबाट पालिका पुग्न धेरै समय खर्चिनुपरेको छ । काम नगर्ने ठेकेदार कम्पनीस“गको सम्झौता तोडेर नया“ कम्पनीमार्फत् निर्माण अघि बढाउनुपर्ने स्थानीयको माग छ । उनीहरुले पुल निर्माणमा ढिलाइ हु“दा अन्य विकासका कामसमेत प्रभावित भएको बताएका छन् ।

जिल्ला अनुगमनका क्रममा मनाङका सांसद् एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् । उनले पुल निर्माण सम्पन्न भएपछि मात्र मूल्यांकन गरी भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशनसमेत दिएका छन् । मनाङ ङिस्याङ पालिका अध्यक्ष कान्छा घलेले पटकपटक सम्पर्क गरी काम पूरा गर्न आग्रह गरे पनि ठेकेदार कम्पनीले चासो नदिएको बताए । काम नगरेको कम्पनीलाई पटकपटक म्याद थपेर काम गर्ने अवसर दिइएको उनको भनाइ छ । पूर्वसांसद् पाल्देन छोम्पाङगुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण नहु“दा स्थानीयस“गै पर्यटकले समेत सास्ती भोग्नुपरेको बताए । उनले समयमै पुललगायत पूर्वाधार निर्माण भए स्थानीय र पर्यटकलाई आवतजावतमा सहज हुने बताए ।