कर्णाली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छ बुँदे  सहमति भएको छ ।

बुधबार सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो । आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय एमालेले सम्हाल्ने भएको नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जीसीले जानकारी दिए ।

प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएको निर्णय कार्यान्वयन गर्दै बा“की कामहरुलाई निरन्तरता दिने, आव २०८३÷०८४ को बजेट पारित गर्दा प्रदेशसभाका दलहरुबीच भएको सहमतिबमोजिम कार्यान्वयन गर्ने, ३० लाखभन्दा माथि योजना ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी विगतको नीतिलाई निरन्तरता दिने तथा सुशासन, पारदर्शिता र मितव्ययिता हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको प्रमुख सचेतक जीसीले बताए ।