चितवन/नेपालमा दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या बढेको छ । विश्व बाघ दिवसको अवसर पारेर बुधबार काठमाडौंमा कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको बाघ गणनाको नतिजाअनुसार देशभर बाघको संख्या ४ सय २९ पुगेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी अहिभद्र आचार्यले बर्दियाबाहेक सबै निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेको बताए । पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२२ को गणनामा ४१ बाघ थिए, हाल ७१ पुगेका छन् । बा“केमा २५ बाट बढेर ५१ र शुक्लाफा“टामा ३६ बाट बढेर ५० पुगेका छन् । बर्दियामा अघिल्लो गणनामा १ सय २५ बाघ थिए । हाल १ सय १२ मा झरेका छन् । क्यामेरा ट्रयाप विधि प्रयोग गरेर पुस १६ देखि बैशाख १० गतेसम्म बाघगणना गरिएको थियो । यसपटकको गणनामा चितवन निकुञ्ज र यस आसपास क्षेत्रमा बाघको संख्या १ सय ४५ पुगेको छ । यसअघि चितवनमा बाघको संख्या १ सय २८ थियो ।

सन् २००० को आसपास चितवन राष्ट्रिय निकुञ्ज र यस आसपास वनक्षेत्रमा बाघको कुल संख्या ६० थियो । त्यसपछि सन् २००९ को सर्वेक्षणमा बाघको संख्या ९१ पुग्यो । चितवनमा सन् २०१३ को बाघ सर्वेक्षणमा कुल १ सय २० बाघ पाइएका थिए । तर, सन् २०१८ को गणनामा चितवनमा बाघको संख्या घटेर ९३ मा झरेको थियो । यस पटक सार्वजनिक नतिजामा चितवनपछि सबभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२ बाघ छन् । बर्दियामा यस पटक बाघको संख्या घटेको छ । अघिल्लो पटक देशभर ३ सय ५५ बाघ थिए । सन् २०२२ को गणनाभन्दा यस पटक ७४ बाघ थपिएका हुन् ।

मध्यवर्तीमा आक्रमणका घटना बढी

साउन ३१ को कुरा हो । विहान पौने ७ बजेतिर चितवनको पूर्वी भेग राप्ती नगरपालिका–१, पिप्लेदेउराली टोलमा ६० वर्षका ठाकुर अधिकारी बाघको आक्रमणबाट घाइते भए । बस्तीमै पसेको बाघको आक्रमणबाट तिघ्रामा घाउ भएका उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । सोही बाघले डिलाकुमारी तामाङको गोठको गाईलाई पनि आक्रमण गरेको थियो ।

त्यसको पा“च दिनअघि साउन २७ मा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र मेघौलीका मंगल बोटेको मध्यवर्ती क्षेत्रको वनमा गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो । बोटेलाई आक्रमण गरेर ज्यान लिएको र अधिकारीमाथि र तामाङको गोठमा आक्रमण गर्ने दुवै बाघलाई चितवन निकुञ्जले नियन्त्रणमा लिएको छ ।

यी घटनापछि प्रश्न उब्जियो, के बाघको आक्रमणबाट हुने मृत्युका घटना निकुञ्जभित्र बढी छन् कि बाहिर ? राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा उपमहानिर्देशक बेदकुमार ढकाल, वन्यजन्तुविज्ञ बाबुराम लामिछानेसहित नरेश सुबेदी, ठाकुर सिलवाल, सञ्जय क“डेल र अन्य अनुसन्धानकर्ताको अगष्ट १६ मा इकोलोजी एण्ड इभोलुसन जर्नलमा प्रकाशित संयुक्त अनुसन्धान लेखमा निकुञ्जभन्दा मध्यवर्ती र अन्य राष्ट्रिय वनमा बाघ आक्रमणका घटना बढी भएको उल्लेख छ ।

देशव्यापीरुपमा गरिएको अध्ययनले मानिस घा“सदाउरा गर्न, गाईवस्तु चराउन वा वनबाट अन्य स्रोत संकलन गर्न जाने मध्यवर्ती र राष्ट्रिय वनमै बाघ आक्रमणका अधिकांश घटना हुने गरेको अध्ययनले देखाएको छ । ‘हाम्रो अध्ययनको उद्धेश्य आक्रमणको संख्यालाई आधार मानेर यससँग जोडिएका विषयहरु खोज्नु थियो,’ अध्ययनमा संलग्न बाबुराम लामिछानेले भने । अध्यननमा सन् २०१० देखि २०२४ सम्म देशभर भएका २ सय ४५ बाघ आक्रमणका घटनामा १ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

डेढ दशकयता नेपालको तराई क्षेत्रमध्ये रौतहटदेखि पूर्वमा यस अवधिमा बाघ आक्रमणका घटना भएको भेटिएन । रौतहटदेखि पश्चिम कञ्चनपुरसम्म बीचमा रुपन्देही र कपिलवस्तुमा पनि बाघ आक्रमणका घटना नभएको लामिछानेले बताए । त्यसस“गै सुर्खेत र सल्यानमा पनि यस अवधिमा बाघ आक्रमणका घटना भएका छन् । नेपालमा सबभन्दा धेरै बाघ पाइने क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वनजंगल हो । अध्ययन अवधिमा सबभन्दा धेरै ४७ प्रतिशत् घटना चितवनआसपास क्षेत्रमा भएको पाइए पनि औसत मृत्यु घटेको देखिएको थियो । सन् १९९८ देखि २००६ सम्म वार्षिक औसत मृत्यु सात जना हुने गरेकोमा सन् २०१० देखि २०२४ सम्म वर्षमा औसत मृत्यु पा“च जनाको हाराहारीमा हुने गरेको लामिछानेले बताए ।

मृत्युको जोखिममा महिला बढी

अध्ययन अवधिमा बाघले आक्रमण गरेकामध्ये ७९ पुरुष र ६२ महिलाको निधन भएको छ । बाघले आक्रमण गरेकामध्ये महिलाभन्दा पुरुषको संख्या दोब्बर छ । १५ वर्षमा १ सय ६० पुरुष र ८५ महिला बाघको आक्रमणमा परेका थिए । आक्रमणमा परेकामध्ये पुरुषको मृत्यु दर ५० प्रतिशत्भन्दा कम र महिलाको मृत्यु दर ७२ प्रतिशत्भन्दा धेरै देखिएको छ ।

आक्रमणमा परेकामध्ये महिलाको धेरै मृत्युको कारणबारे थप अध्ययन अनुसन्धान हुनुपर्ने लामिछानेको मत छ । बाघले जंगलभित्र कुन अवस्थामा आक्रमण गरेको थियो, त्यसले पनि मृत्युको जोखिम बढाउन सक्ने आ“कलन अध्ययनकर्ताहरुको छ । महिलाहरु धेरै घा“सदाउरा गर्न जंगल जान्छन् । पुरुषहरु गाईवस्तु चराउन जाने गर्दछन् । घा“सदाउरा गर्दा झुकेर वा निहुरिएर काम गर्नुपर्दछ ।

झुकेर वा बसेका बेला आक्रमणमा परेका ५९ जनामध्ये ४४ जनाको निधन भएको अध्ययनले देखाएको छ । उभिएको वा हि“ड्दै गर्दा आक्रमणमा परेका ७१ जनामध्ये २९ जनाको मात्र निधन भएको छ । उभिएका बेला आक्रमणमा पर्दा भाग्न, दौडन र अन्य प्रतिकार गर्न पनि सहज हुन्छ । उभिएका बेला बाघजस्ता आक्रमण गर्ने जनावरहरु टाढैबाट देख्न सकिन्छ ।

‘महिलाको मृत्यु हुने दर बढी हुनुको कारणबारे थप अध्ययन अनुसन्धान गर्ने तयारीमा छौं । काम गर्ने शैलीले यस्तो भयो कि भन्ने लाग्छ । पुरुषहरु प्रायः गाईवस्तु चराउन र महिलाहरु घा“सदाउरा गर्न जाने चलन छ । झुकेर र उभिएर काम गर्दा हुने आक्रमणमा मृत्युको जोखिम फरक छ,’ लामिछानेले भने ।

अधिक घटना निकुञ्जबाहिर

बाघको मुख्य बासस्थल राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र हो । तर, आक्रमण र ज्यानै जाने घटना निकुञ्जबाहिर मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा रहेको देखाएको छ । अध्ययन अवधिमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएका घटना १६