काठमाडौँ । आइतबार अर्थात् ४ फागुनको विहानबाट लागू हुने गरी पेट्रोलको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँल बढेर र डिजेलमा ३.५९ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थमा नयाँ मूल्य समायोजन गरिएको हो ।
साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको जनाइएको छ ।