
काठमाडौँ । आगामी चैत २४ गतेदेखि राष्ट्रिय जनमोर्चाले संघीयता विरोधी आन्दोलन गर्ने भएको छ । पार्टीका महासचिव मनोज भट्टका अनुसार चैत २४ देखि ३० गतेसम्म राजधानीकेन्द्रित आन्दोलन गरिने भएको हो ।
उनी मंगलबार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी राजधानी केन्द्रीत आन्दोलनको तयारीमा लागेको बताउँदै थिए ।
संघीयताको खारेजी, गणतन्त्रको रक्षा, भ्रष्टाचार उन्मूलन र सुशासनका लागि आन्दोलन गर्ने आफूहरुको तयारी रहेको महासचिव भट्टले बताए ।
उनका अनुसार राजधानी केन्द्रित आन्दोलनको तयारीका लागि अहिले विभिन्न जिल्लामा भेला, बैठक, प्रशिक्षण लगायतका कार्यक्रमहरु भइरहेका छन् ।