
काठमाडौँ । मंगलबार विहान ६ बजेर ५० मिनेटमा नेपालका विभिन्न जिल्लामा महसुस हुने गरी भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । यो ठाउँ सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्छ ।
भूकम्पबाट पुुगेको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।