मकवानपुर । नेपाली कांग्रेसबाट उम्मेदवारी बनी निर्वाचित हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाका नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद तिवारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले तिवारीलाई शपथग्रहण गराइन् ।
सपथ ग्रहणमा वडाध्यक्ष तिवारीले वडाबासीको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा तिवारीले २ हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् ।

सपथग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई, नगर उपप्रमुख राजेश बानियाँ, निर्वाचन अधिकृत हरि ढकाल, नगरका विभिन्न वडाका अध्यक्ष,कर्मचारी लगायतको उपस्थिति थियो । नवनिर्वाचित अध्यक्ष तिवारीले हेटौंडा १२ हात्तिगौडामा रहेको वडा कार्यालयमा पदभार ग्रहण गरे ।