मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्कालाई नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले खड्कालाई विहीबार सदस्यमा नियुक्त गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालिन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागू हुने गरी २ कात्तिकमा राजिनामा दिएपछि यो पद रिक्त थियो ।
बागमती प्रदेश दोलखा जिल्लाका गौरिशंकर गाउपालिका ५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुत्तिको लागि २ मंसिर २०८१ को मन्त्रिपरिषदको बैठकको प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो ।
५ मंसिरमा प्राप्त सिफारिस अनुसार उनलाई प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गरेका हुन् ।













