मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा काम गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ । गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थान, विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायका नाममा काम गरेको पाइएकोले पालिकाले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्रै यस्तो कार्य गर्न भनिएको हो ।

पालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै समन्वय गरेर मात्रै यस्ता गतिविधि गर्न निर्देशन दिइएको छ ।