मकवानपुर । यही कात्तिक २४ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको थाहा नगरमा प्रशिक्षण दिने तयारी छ ।
माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटनका लागि उनी थाहामा आउने भएका हुन् ।
सम्मेलन यही कात्तिक २४ गते शनिबार थाहा नगरको ईन्द्रायणी चौरमा हुने माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोदकुमार लामाले जानकारी दिए ।
प्रचण्डले उद्घाटन सत्रको सभालाई सम्बोधन गर्नुका साथै शहीद,बेपत्ता परिवार, पूर्व जममुक्ति सेना सम्मान तथा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने आयोजकको तयारी छ । सम्मेलनले बढीमा ४५ सदस्यीय नगरकमिटी चयन गर्ने बताइएको छ ।













