मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने कामका कारण हेटौंडा-काठमाण्डौं छोटो दूरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काका अनुसार यो सडक मर्मतका लागि तीन दिन लाग्ने भएकोले शुक्रबारदेखि बन्द गरिएको हो । उनका अनुसार हेटौंडाबाट कुलेखानी-फाखेल सडक र सिस्नेरी हुँदै काठमाडौ जाने सडक बन्द गरिएको छ ।

तर काठमाडौबाट आउनको लागि यकतर्फी बाटो खुल्ला रहेको प्रहरीको भनाई छ । यो सडकको सट्टा वैकल्पिक बाटोको रुपमा हेटौंडा-भैसे पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिंगन हुँदै काठमाडौ रुट प्रयोग गर्न प्रहरीले भनेको छ ।