मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा विपद्का कारण ८८ जनाको मृत्यु भएको पाइएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा आगलागीका घटना ४९३, वन डढेलो १२२, पहिरो ९०, वन्यजन्तु आक्रमण ४२, भारीवर्षा ३४, बाढी ३३, चट्याङ १४, हावाहुरी १३, उच्च उचाइ (लेक लाग्ने) ५, गैर प्राकृतिक विपद् ३, सर्पदंश ३, हिम पहिरो ३ र भूकम्प १ गरी ८५६ वटा विपद्का घटना भएको हो ।
मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार विपद्का यी विभिन्न घटनामा ४३ जना बेपत्ता भएका छन् भने १८४ जना घाइते भएका छन् ।













