हेटौंडा/मकवानपुरको इन्द्रसरोवर गाउपालिकामा अवस्थित कुलेखानी जलाशय र यसको आसपास क्षेत्र प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनको जीवन्त संगम हो भन्दा पनि फरक पर्दैन । मानवनिर्मित विशाल कुलेखानी ड्याम र यसको शान्त जलभण्डारले पहाडको खोंचलाई एउटा सुन्दर क्यानभासजस्तै सजाएको छ ।
ड्यामआसपासबाट हेर्दा देखिने हरियाली र नागबेली परेका डा“डाका“डाको रमणीय दृष्यले त्यहा“ पुग्ने जोकोहीको मन पनि लोभ्याउ“छ । डा“डाका हरियाली चौरहरुमा चरिरहेका भेंडा तथा बाख्राका बथान, तिनीहरुलाई पछ्याउदै हिड्ने गोठालाहरुको साइनो र आत्मीय जीवनशैलीले उक्त क्षेत्रको मौलिकतालाई अझ प्रगाढ बनाएको छ । परम्परागत् इटा र माटोको जडानबाट बनेका घरका साथै आधुनिक भवनहरुको मिश्रण पनि उक्त क्षेत्रमा देख्न सकिन्छ । यसले गाउ“लाई छुट्टै र विशिष्ट आकर्षण थपेको छ । शान्त वातावरण, जलयात्रा (बोटिङ) को आनन्द र गाउ“ले परिवेशको सुन्दर संयोजनले त्यहा“ पुग्ने पर्यटकहरुलाई सधैं आकर्षित गरिरहन्छ ।












