हेटौँडा/हेटाैँडामा महिला हिँसाविरूद्व प्रशिक्षण कार्यक्रम हुने भएकाे छ । समाजमा बढ्दाे महिला हिँसा र साईबर अपराध न्यूनीकरण गर्न र शारिरीक तथा मानसिक सुरक्षाकाे लागि उत्प्रेरणा कार्यक्रम आयाेजना गर्न लागिएकाे हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे ।
कार्यक्रममा विभिन्न संघसंस्था, क्याम्पस र विध्यालयका शिक्षक, टाेल विकास संघसंस्थाका पदाधिकारीहरू, अभिभावक, विध्यार्थी, युवा, महिलालाई लक्षित गरि सहभागी गराईने वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे । साईबर अपराध, शारिरीक, मानसिक सुरक्षाबारे अन्तरास्ट्रिय प्रशिक्षक सिमाेन न्याैपानेले जीवन कला तथा उत्प्रेरणासम्बन्धी र महिला हिँसा, अधिकार र कानुनि व्यवस्थाबारे अधिवक्ता शान्तिकुमारी सिँले प्रशिक्षण दिनुहुने छ ।
हेटाैँडा-४ नं. वडा कार्यालयकाे आयाेजनामा हुने प्रशिक्षणकाे टाेल विकास नगर समन्वय समितिले व्यवस्थापन गर्ने टाेल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताउनु भयाे । सहभागी हुन चाहनुहुनेकाे लागि पासकाे व्यवस्था गरिएकाे र सहभागी संख्या सिमित रहेकाे अधिकारीले बताउनु भयाे । समाजमा हिँसा, साईबर अपराध र विसंगति बढ्दै गईरहेकाेले न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रम आयाेजना गरिएकाे बताउनुभयाे । कार्यक्रम यहि असाेज १७ र १८ गते राेयल पार्टी प्यालेसमा हुने व्यवस्थापकले जनाएकाे छ ।












