हेटौंडा/मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाडौंमा भने ९ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । पालुङको इन्द्रजात्राको विशेष सा“स्कृतिक महत्व छ ।
त्यहा“ काठमाडौंजस्तै वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजाराधना गरी इन्द्रजात्रा मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने पर्व मकवानपुरको थाहा नगरपालिका–२ स्थित ऐतिहासिक पालुङ शहरमा मनाइन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपूर्वक देवतालाई बोकाको भोक दिएर पुजाआजा गरी गणेश, कुमारी, इन्द्रायणी, बाराही, भगवती र कालाभैरवको पुजा गरिन्छ । स्थानीय पुजारी सम्पूर्ण श्रेष्ठले इन्द्रायणीको पुजा गरी देवतालाई भिœयाएपछि अब एकैचोटि गठेमंगलमा मात्र निकाल्न मिल्ने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङ्गको फेदमा भैरवको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयका रुपमा इन्द्रजात्रा मनाइएको हो । इन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । पालुङ शहरको इन्द्रजात्राको अवसरमा भैरवको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको छ ।
थाहा नगरपालिका वडा नम्बर २ को इन्द्रजात्राको अवसरमा पालुङमा भैरवको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । पालुङ शहरको डबलीनजिक घण्टाघरमा राखिएको कालभैरवको मुकुटको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । ‘पहिले–पहिले भैरवलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादका रुपमा बा“ड्ने चलन रहेको बुबाले सुनाउनु हुन्थ्यो,’ स्थानीय रमन श्रेष्ठले भने–हाल जात्राको अवसरमा भैरवकै मुखबाट छ्याङ निकाली प्रसाद बा“ड्छौं ।
काठमाडौं उपत्यकामा लाग्ने इन्द्रजात्रामा स्वेत भैरवको मुखबाट छ्याङ निकाल्ने चलन भए पनि पालुङमा भने कालभैरवको मुखबाट छ्याङ निकाल्ने र प्रसादका रुपमा वितरण गरिएको हो । पालुङमा कतिपयले भैरवको मुखबाट निकालिएको छ्याङ त्यहीं मुख थापेर खाए भने कतिपयले प्रसादका रुपमा भा“डामा थापेर घरघर लगेका थिए । कतिपय स्थानमा लाग्ने यस्तो जात्रामा महिलालाई उक्त छ्याङ (प्रसाद) खान प्रतिबन्ध भए पनि थाहा नगरपालिकाको पालुङमा भने सबैलाई खुला रहेको गुठी अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए । यद्यपि, पालुङमा लाग्ने इन्द्रजात्रामा महिलाले भैरवको मुकुट छुन भने पाउ“दैनन् । यो पनि पुरानै चलन हो ।
इतिहासअनुसार पहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन भैरवको मुखबाट छ्याङ दिएका थिए । पहिले पालुङ पनि भिन्दै राज्य भएका कारण यस छ्याङलाई प्रसादका रुपमा बा“ड्ने चलन बसेको हुनसक्ने स्थानीय निरोज प्रधानको प्रतिक्रिया छ । छ्याङस“गै पालुङ शहरको डबली (सा“स्कृतिकग्राम) परिसर जात्रामा पुगेकाहरुलाई समयवजीलगायत प्रसाद वितरण गरिएको थियो ।












