मकवानपुर/ हेटौंडाको राप्ती पुलदेखि लोथरसम्मको सडकखण्डमा रहेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। विशेषगरी बर्खाको समयमा खाल्डाखुल्डीमा पानी जम्दा सडकको अवस्था पहिचान गर्न कठिन हुने भएकाले सवारी चालक थप जोखिममा पर्ने गरेका छन्।
शनिबार मात्रै करिब १० मिनेटको अन्तरालमा उक्त सडकखण्डमा दुईवटा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। सडकको अवस्था समयमै सुधार नगरिए अझ ठूलो दुर्घटना हुनसक्ने जोखिम रहेको स्थानीयको भनाइ छ।
सडकका खाल्डाखुल्डी पुर्नुका साथै जोखिमयुक्त स्थानमा तत्काल मर्मतसम्भार गर्न स्थानीय तह, सडक विभाग तथा प्रशासनले आवश्यक पहल गर्नुपर्ने देखिएको छ।












