हेटौंडा/मकवानपुरमा १३ वर्षीया बालिकालाई ५ सय रुपैयाँको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ परेका छन्।
हेटौंडा–५ सानोपोखराका खेमबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनी हेटौंडास्थित एक बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीजको समयमा अस्वस्थ अवस्थामा रहेकी बालिकालाई रकम दिएर शारीरिक सम्पर्कका लागि आग्रह गर्दै जबरजस्ती करणी गरेको आरोप श्रेष्ठमाथि छ। घटनापछि बालिकालाई सेफ हाउसमा राखिएको छ भने आरोपित श्रेष्ठमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












