हेटौंडा/काठमाडौं जाने मुख्य सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट सामान ढुवानी गर्नुपर्दा वीरगञ्जबाट काठमाडौंसम्मको ढुवानी भाडा दोब्बरसम्म बढेको छ । वैकल्पिक सडकमा सवारीको चाप बढ्नुका साथै लामो दुरी र जोखिमका कारण ढुवानी लागत बढेको हो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले त्रिशुली हु“दै काठमाडौं जोड्ने धादिङको कृष्णभीरमा सडक भासिएपछि मुख्य सडक सम्पर्कविच्छेद भएको हो ।

त्यसपछि पूर्व तथा पश्चिमबाट काठमाडौं जाने मालबाहक सवारीसाधन हेटौंडा–पालुङ हु“दै त्रिभुवन राजपथबाट सञ्चालन भइरहेका छन् । यसअघि वीरगञ्जबाट नारायणगढ–मुग्लिन हु“दै काठमाडौंसम्म मालबाहक सवारी सञ्चालन हु“दै आएका थिए । उक्त मार्ग अवरुद्ध भएपछि हाल काठमाडौं जोड्ने प्रमुख वैकल्पिक मार्गका रुपमा त्रिभुवन राजपथ प्रयोग भइरहेको छ । वीरगञ्जको मितेरी पुलदेखि हेटौंडा–पालुङ हु“दै काठमाडौं जोड्ने त्रिभुवन राजपथको दुरी करिब १ सय ८९ किलोमिटर छ । यसअघि वीरगञ्ज–नारायणगढ–मुग्लिन–काठमाडौं सडकमार्गको दुरी करिब २ सय ८७ किलोमिटर थियो । दुरी कम भए पनि वैकल्पिक मार्गको अवस्था, सवारी चाप र एकतर्फी सञ्चालनका कारण ढुवानीमा समस्या बढेको व्यवसायीको दाबी छ ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार समयसमयमा समायोजन गर्दै आएको छ । इन्धनको मूल्यमा २ प्रतिशत् वा सोभन्दा बढी परिवर्तन हु“दा स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्ने व्यवस्था छ । विभागले बैशाख १८ गतेदेखि लागुु हुने गरी अन्तरप्रदेश सार्वजनिक सवारीको भाडादर ५ प्रतिशत् वृद्धि गरेको थियो । त्यसअघि २०८२ चैत २५ गते भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १ सय ६८ रुपिया“ ८६ पैसा रहेकोमा त्यसपछि बढेर २ सय ३५ रुपिया“ ८६ पैसा पुगेको विभागले जनाएको थियो । डिजेलको मूल्यमा भएको वृद्धिलाई आधार मानेर नया“ भाडादर निर्धारण गरिएको थियो ।

नया“ दरअनुसार पहाडी तथा तराईका मार्गमा सञ्चालन हुने मालबाहक ट्रकको भाडा ५ प्रतिशत् वृद्धि गरिएको थियो । उक्त दर दुई वा सोभन्दा बढी प्रदेश हु“दै सञ्चालन हुने राष्ट्रियस्तरका रुटमा लागुु हुने विभागले जनाएको छ । तर, सरकारले निर्धारण गरेको भाडादरभन्दा बजारमा वास्तविक ढुवानी लागत फरक हुने व्यवसायी बताउ“छन् । सामानको प्रकृति, ट्रकको क्षमता, इन्धनको मूल्य, सडकको अवस्था तथा माग–आपूर्तिका आधारमा व्यवहारिक भाडा निर्धारण हुने गरेको उनीहरुको भनाइ छ ।

वीरगञ्जका ढुवानी व्यवसायी विजय कार्कीका अनुसार हाल वीरगञ्जदेखि काठमाडौंसम्मको ढुवानी भाडा दोब्बरसम्म पुगेको छ । उनका अनुसार यसअघि १० टन क्षमताको ६ चक्के ट्रकले वीरगञ्जदेखि काठमाडौंसम्म सामान पु¥याउ“दा करिब ३५ हजार भाडा लाग्ने गरेकोमा हाल ७० हजारसम्म पुगेको छ । नारायणी यातायात व्यवसायी संघ अध्यक्ष सरोज खनालले सरकारले तोकेको भाडादरभन्दा बजारको वास्तविक भाडा माग र आपूर्तिका आधारमा निर्धारण हुने बताए । सडक अवरुद्ध हु“दा वैकल्पिक मार्गमा सवारी चाप बढेकाले ढुवानी लागत पनि बढेको उनको भनाइ छ ।

ओबीसी फुड्सका सञ्चालक सुरेश रुगंटाका अनुसार वीरगञ्जबाट काठमाडौं सामान पठाउ“दा प्रतिकिलो करिब २ रुपिया“सम्म ढुवानी लागत बढेको छ । उनका अनुसार यसअघि १२ चक्के ट्रकमा २१ टनसम्म सामान पठाउने गरिएकोमा हाल १० टन सामानका लागिमात्र करिब ४८ हजार रुपिया“ भाडा तिर्नुपरेको छ । वैकल्पिक सडकका रुपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा मालबाहक सवारीसाधनका लागि एकतर्फी आवागमनको व्यवस्था गरिएको छ । राजपथबाट लोड भएका गाडीमात्र सञ्चालन गर्न दिइएको छ भने खाली गाडी कान्ति लोकपथ हु“दै फर्कनुपर्ने व्यवस्था छ । एउटै मार्गमा मालबाहक सवारीको चाप बढ्दा सडक जाम, दुर्घटनाको जोखिम र यात्रा समय बढेको चालकहरु बताउ“छन् ।

सडकको अवस्था र जोखिमका बाबजुद् काठमाडौंमा सामान पु¥याउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । मुख्य सडक अवरुद्ध हु“दा वैकल्पिक मार्गमा निर्भर हुनुपरेपछि ढुवानी लागत बढेको र त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा समेत पर्नसक्ने व्यवसायीको भनाइ छ । लामो समयसम्म सडक सम्पर्क सहज नभएमा काठमाडौंको आपूर्ति प्रणाली र बजार मूल्यमा थप दबाब पर्नसक्ने उनीहरुले बताएका छन् ।